काठमाडाैं । अभिनेत्री स्वेता खड्काले हाटबजार ब्यवसाय सुरु गरेकी छन् । नेपाली उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले हाट बजार सुरु गरेको उनको भनाई छ । श्वेताले बालुवाटारमा सञ्चालन गर्दै आएको एलिमेन्टस रेस्टुरेस्टमा यसै साताबाट नेपाली उत्पादनललाई समेट्दै हाट बजार सुरु गरेकी हुन् ।
निश्चित दिन र समयमा लाग्ने बजारलाई हाटबजार भनिन्छ । श्वेताले सोही अवधारणा स्वरुप हाटबजार सुरु गरेको बताएकी छन् । श्वेताले सुरु गरेको हाटबजार शनिबार विशेष लाग्ने छ । साताका अन्यदिन मानिसहरु ब्यस्त हुने भएपनि शनिबार परिवारसँग रमाउन बाहिर जाने भएकाले शनिबार घुमघाम र खानपिनको मजा लिने सक्ने श्वेताले बताएकी छन् ।
श्वेताले भनिन्, ‘नेपाली लोकल प्रोडक्टहरूको प्राेमोट गर्नूपर्छ भन्ने हिसाबले भेजिटेबलदेखि गार्मेन्टससम्मको नेपाली अर्गानिक उत्पादनहरूलाई समावेश गरेर हाट बजारको सुरुवात गरेका हौँ ।’
हरेक हप्ता यो हाटबजारमा ४० बढि स्टल राखिने छन्। पहिलो दिनको अनुभवपछि श्वेताले भनिन्, ‘यो म र मेरो साथीभाइले एक हप्तामा बनाएको कन्सेप्ट थियो । यो सुरु गरेपछि हजारौं मानिसको सहभागिताले नेपाली प्रोडक्टलाई कति धेरै माया गर्नुहुदो रहेछ र पहिलेदेखिनै एकै ठाउँमा नेपाली उत्पादन खोजिरहनु भएको रहेछ भन्ने प्रष्ट भयो ।’
श्वेताको हाट बजारमा विभिन्न नेपाली तथा नेवारी खानाको परिकारका स्टलसहित बार्बिक्यू, मेटल हाउस होल्ड, ज्वेलरी, नेपाली कागजका उत्पादन, कार्पेट गार्मेन्टस, बेकरी, अचार, अर्गानिक फुड, इन्डोर प्लान्ट, लोकल च्याउ, पातले वन वाइन, टेस्टिङ सेरामिक्स सामान पेन्टिङलगायतका स्टल रहनेछन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google