१०० भाग पुगेकाे अवसरमा ‘जुठे’ टिमद्वारा अनाथ आश्रमलाई एक लाख सहयोग

दर्पण दैनिक २४ फाल्गुन २०७९,१४:२०
post

काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको लोकप्रिय शृंखला ‘जुठे’ले बुधबार १०० भाग मनाएको छ । 

काठमाडौंको गोल्फुटारमा आयोजित ‘सफलता समारोह’मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागी थिए । 

उक्त अवसरमा सिरियलले अनाथ बेसहारा आश्रम रीमा सेवा समाजलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

अर्गानिक कथावस्तुमा बनेको जुठेले पछिल्लो समय युट्युब ट्रेन्डिङमा समेत दबदबा कायम गरिरहेको छ । 

 

सक्सेस कार्यक्रममा अभिनेता तथा निर्देशक मरिचमान श्रेष्ठ बल्छी धुर्वेले कार्यक्रममा सहभागी महजोडी र केदार घिमिरे माग्ने बुढाको पाइला पछ्याउँदै आफूहरु अघि बढेको बताए ।

सिरियललाई राजु मास्टर र बल्छी धुर्वेले निर्देशन गदै आएका छन् ।

‘जुठे’मा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिचमान श्रेष्ठको अभिनय छ ।

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: