
काठमाडौं । अभिनेत्री साम्राज्ञी शाहविरुद्धको मुद्दा अभिनेता भुवन केसीले हारेका छन् । जिल्ला अदालत काठमाडौंले केसीको मुद्दामा दाबी नपुग्ने फैसला बुधबार सुनाएको हो । केसीले २०७७ साउन ९ गते साम्राज्ञी शाहविरुद्ध गाली बेइज्जतीमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा अन्तिम फैसला सुनाउँदै अदालतले केसीको दाबी नपुग्ने फैसला गरेको हो । न्यायाधीश वासुदेव पौडेलको इजलासले यस्तो फैसला सुनाएको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google