‘पोरी रानी बन’ भन्दै आए निरुता र रामसिंह (भिडियो)

दर्पण दैनिक २९ भाद्र २०८१,२१:२२
post

काठमाडौँ । लोकप्रिय गायिका शोभा थापा र बिरबहादुर बुढा सुवासको आवाजमा नयाँ डेउडा गीत ‘पोरी रानी बन’ सार्वजनिक गरिएको छ । गीतको म्युजिक भिडियो विशेष फिल्मस् (Bishesh Films) नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । धर्मराज न्यौपाने शिरिको शब्द तथा लय रहेको सो गीतमा बिर बहादुर बुढा सुवासको संगीत रहेको छ ।  

गीतको भिडियोमा गायिका तथा मोडल निरुता खत्री र रामसिंह धामीको अभिनय रहेको छ, भने भिडियोमा डेउडा खेलकोसमेत आर्कषक दृश्य समावेश गरिएको छ । भिडियो निर्देशन भने भीम थापाले गरेका हुन् । 

भिडियो : https://youtu.be/iWPvvQdFjSo?si=An5GIoZGq2gOJQfV
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: