काठमाडाैं । सम्बन्धबिच्छेद तथा माना चामल मुद्दामा जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेलको पक्षमा फैसला सुनाएका छन् ।
उनले छवि ओझाविरुद्ध मुद्दा दायर गरेकी थिइन् । अदालतले उनीहरूको सम्बन्धबिच्छेद पनि गराउने फैसला सुनाएको छ भने आधा सम्पत्ति भराउने आदेश दिएको छ ।
शिल्पा ओझाकी छौथी श्रीमती थिइन् । शिल्पाले सम्बन्धबिच्छेद र माना चामलको मुद्दा हालेपछि छविले यसअघि दिदी सासुलाई धर्मपुत्रका रुपमा दिएका छोरालाई फिर्ता ल्याएका थिए । अदालतले धर्मपुत्रलाई सम्पत्ति दिन नमिल्ने फैसला गरेको छ ।