'रिमझिम'मा रोमाण्टिक मुडमा करुणा र कुन्साङ (भिडियो)

दर्पण दैनिक १९ बैशाख २०८०,१४:३३
post

काठमाडौं । गायिका राधिका बिस्टको सुमधुर स्वरमा सजिएको 'रिमझिम' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । एक प्रेमिल जोडीको वियोगको घटनामा आधारित यस गीतमा स्वयम् गायिका बिस्टको शब्द, संगीत रहेको छ ।  गीतलाई अनुज शेखरले संगीत संयोजन गरेका हुन् ।  

२०७१ सालमा  सुनकोशीमा आएको बाढी पहिरोको घटनामा आधारित गीतको म्युजिक भिडियोमा करुणा श्रेष्ठ र कुन्साङ बोम्जन फिचर्ड छन् ।  बुद्ध थापा र उत्तम हुमागाईले छायाँकन गरेको यस भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायिका बिस्टको युट्युव च्यानल 'राधिका बिस्ट' मार्फत सार्वजनिक गरिएको हो ।  

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: