जेठबाट ‘सक्किगोनि’को सिजन–३ प्रशारण हुने

दर्पण दैनिक २ बैशाख २०८०,१०:४०
post

काठमाडौं । केही महिना अगाडिदेखि बन्द रहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ पुनः प्रशारणमा आउने भएको छ । नयाँ वर्षको शुभकामना दिँदै ‘सक्किगोनि’का कलाकार तथा निर्देशक अुर्जन घिमिरे (पाँडे)ले ‘सक्किगोनि’को सिजन–३ चाँडै प्रदर्शनमा आउने जानकारी दिएका हुन् । 

उनले भनेका छन् 'नयाँ वर्षको सुरुआतसँगै हामीले हाम्रो नयाँ खबर सुनाउन पाउँदा हामी अत्यन्तै खुसी भएका छौं । देश तथा विदेशमा रहनु हुने सम्पूर्ण आदरणीय दर्शक, शुभचिन्तकज्यूहरूमा नयाँ वर्ष २०८० सालको शुभकामना ।' ‘सक्किगोनि’ हिमालयन टेलिभिजनबाट प्रशारण हुनेछ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: