काठमाडौं । हिमालय रोडिज सिजन ५ को उपाधि खोटाङका सञ्जिप राईले जितेका छन् । सोमबार सम्पन्न ग्राण्ड फिनालेमा उनले उपाधिसँगै १० लाख रुपैयाँ नगद र यामहा मोटरसाइकल समेत प्राप्त गरे ।
उपविजेता विश्व मगरले ५० हजार रुपैयाँ प्राप्त गरे । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषालसहित कार्यक्रमका प्रायोजकहरुले विजेतालाई पुरस्कार प्रदान गरे ।
टीम लाउरे दुबैजना प्रतिस्पर्धी उपाधिका लागि भिडेका थिए । हिमालय रोडिजमा एउटै समूहबाट दुईजना फाइनलिस्ट बनेको यो पहिलोपटक हो ।