बलिउडका चर्चित अभिनेता आशीषले ६० वर्षको उमेरमा गरे दोस्रो बिहे

दर्पण दैनिक १२ जेष्ठ २०८०,१२:२७
post

काठमाडौं । बलिउडका भेट्रान कलाकार आशीष विद्यार्थीले ६० वर्षको उमेरमा दोस्रो बिहे गरेका छन् । उनले असमको राजधानी गुवाहाटी निवासी फेसन डिजाइनर तथा व्यापारी रुपाली बरुआसँग दोस्रो बिहे गरेका हुन् । कलाकार शकुन्तला बरुआकी छोरी राजोशी बरुआ आशीष विद्यार्थीकी पहिली पत्नी थिइन् । आशीषले अदालत पुगेर आफ्ना केही साथी र नातेदारसहित रूपालीसँग बिहे गरेका हुन् ।

यसक्रममा रुपाली असमको मौलिक सेतो र सुनौलो मेखला पोशाकमा देखिइन्। अर्कातिर आशीषले केरलको परम्परालाई ध्यान दिँदै त्यहाँको मौलिक पोशाक लगाएका थिए । टाइम्स अफ इन्डियाका अनुसार आशीषले ६० को उमेरमा रुपालीसँगबिहे गर्न पाउँदा खुसी रहेको बताएका छन् । उनले अदालतमा पुगेर बिहे गरेको जानकारी दिँदै बिहीबारै साँझ आफन्त र साथीहरुका लागि गेट टुगेदर कार्यक्रम राखेका थिए । 

उता रुपालीले केही दिनअघि नै मिलेको बताउँदै यस सम्बन्धका लागि आफूहरु विश्वस्त रहेको पनि बताइन्। आफूहरुको सम्बन्धलाई अझै अघि बढाउनका लागि बिहेको निर्णय गरेको उनले सुनाइन् । 

आशीष विद्यार्थी बलिउड फिल्ममा भिलेको भूमिकाका लागि प्रख्यात छन्। सन् १९८६ देखि आशीष लगातार फिल्ममा काम गरिरहेका छन्। हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम जस्ता ११ भाषामा आशीषले अहिलेसम्म करिब ३०० फिल्ममा काम गरेका छन् । 

यिनका सबैभन्दा चर्चित फिल्ममा १९४२ अ लभ स्टोरी, रात की सुबह नहीं, सरदार, भाइ, जानवर, जीत, हैदर, गुडबाय रहेका छन् । उनले सन् १९९५ मा फिल्म द्रोहकालका लागि उत्कृष्ट सहायक कलाकारतर्फ नेशनल अवार्ड पनि जितेका थिए । 

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९