काठमाडौं । रोहित शेट्टी निर्देशित मल्टिस्टारर बलिउड फिल्म ‘सिंघम अगेन’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अजय देवगण राम, करीना कपूर सीता, टाइगर श्राफ लक्ष्मण, रणवीर सिंह हनुमान, अक्षय कुमार जटायु र अर्जुन कपूरबाट प्रेरित पात्रमा देखिनेछन् ।
कप युनिभर्स शैलीमा बनाइएको यो फिल्मको ट्रेलरको रनटाइम झण्डै ५ मिनेट छ । भारतीय फिल्मको इतिहासमा यो अहिलेसम्मकै लामो ट्रेलर भएको जनाइएको छ ।
फिल्ममा ८ मुख्य पात्र बाहेक श्वेता तिवारी, दयानन्द शेट्टी, रवि किशन र सिद्धार्थ जाधवलाई पनि देखाइएको छ । यो फिल्म दीपावलीको अवसरमा नोभेम्बर १ मा हलमा रिलिज हुँदैछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google