काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन सुटिङको क्रममा घााइते भएका छन् । अमिताभ बच्चनले यसको जानकारी आफ्नो ब्लगबाट दिएका छन् ।
हैदराबादमा ‘प्रोजेक्ट के’ फिल्मका लागि एक एक्सन सिन सुट गर्दा उनी घाइते भएका हुन्। बच्चनको करङमा चोट लागेको छ ।
उनले चोटका कारणा श्वास लिन र हिँडडुँड गर्दा दुखिरहेको बताएका छन्। आफूले औषधि सेवन गरिरहेको अमिताभले जानकारी दिएका छन्। घाइते भएपछि उनले सबै कार्यक्रम रद्ध गरेका छन् ।