७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान

दर्पण दैनिक ५ मंसिर २०८१,२१:१४
post

काठमाडौँ । चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले  ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेका हुन् । 

मन्त्री गुरुङले भने, 'यो परिचयपत्रले चलचित्रमा जीवन समर्पित गर्नुभएका चलचित्रकर्मीलाई थोरै भए पनि सम्मान गरेको छ भन्ने लागेको छ । हामीले यस क्षेत्रमा देखिएको समस्यालाई विस्तारै कम गर्नेछौँ । सरकार र मन्त्रालय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सधैँ तत्पर छ ।'

कार्यक्रममा कलाकार गौरी मल्ल, पुष्पकुमार श्रेष्ठ, माओत्से गुरुङ, पुरणबहादुर जोशी, परशुराम चौधरी, तैयब शाह, रचना सिंह, राजकुमार शाह, दिव्यश्वर गौतम, राकेशकुमार खड्का, रामेश्वरजङ्ग केसी, पुकार भट्टराई, कृष्णप्रसाद ढुङ्गाना, मुकुन्द थापा, रमेश रञ्जन झा, रवि डङ्गोल, शङ्करप्रसाद आचार्य, केदारनाथ दवाडी, दिनेशकुमार विष्ट, आनन्द ढुङ्गाना, म्याक्चुङ गौतम (हिउँवाला), शालिकराम कार्की, सरोजकुमार खनाल, रामशरण जङ्गम लगायतलाई परिचयपत्र प्रदान गरिएको थियो । 

'चलचित्रकर्मी परिचयपत्रलाई थप व्यवस्थित बनाइ यसको प्रभावकारिता बढाएर प्रदान गरेका हौँ । यो राज्यले दिएको एउटा सम्मान र सुविधा पनि हो', चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले भने । 

१३ जना चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गर्दै यसको सुरुआत विसं २०७३ वैशाख ७ गतेदेखि भएको थियो । त्यसपछि विसं २०७३ असार १६ गते २७ जना, विसं २०७९ असार १६ गते ६२ जना र आज ७२ जनालाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरिएको बोर्डले जनाएको छ ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९