नयनताराले किन मागिन् माफी ?

दर्पण दैनिक ६ माघ २०८०,१४:०१
post

काठमाडौं । नयनतारा अभिनित तमिल फिल्म ‘अन्नपूर्णी’ यतिबेला विवादले घेरिएको छ । फिल्मले हिन्दु धर्मावलम्बीको भावनामा चोट पुर्‍याएको भन्दै आलोचना चर्किएपछि नेटफ्लिक्सले फिल्म हटाइसकेको छ । यो विवादमा अभिनेत्री नयनताराले पनि माफी मागेकी छिन् । सामाजिक सञ्जालमा जय श्रीरामबाट सुरु भएको आफ्नो माफी पत्रमा नयनताराले लेखेकी छन्, ‘जय श्रीराम, मेरो फिल्म अन्नपूर्णीसँग सम्बन्धित विषयमा प्रकाश पार्न भारी हृदयहसहित यो नोट लेख्दैछु । फिल्म अन्नपूर्णी सिनेम्याटिक प्रयास मात्र होइन, कहिल्यै हार नमान्ने हृदयस्पर्शी र प्रेरणादायी कथा हो । सकारात्मक सन्देश साझा गर्ने प्रयासमा हामीले अञ्जानमा मानिसलाई चोट पुर्‍याएको हुनसक्छ । सेन्सर भएर हलमा रिलिज भइसकेको फिल्मलाई ओटीटीबाट हटाइनेछ भनेर मैले सोचेको थिइनँ ।’

नयनताराले यसअघि लेखेकी छन्, ‘मैले र मेरो टोलीले कहिल्यै कसैलाई चोट पुर्‍याउने सोचेका छैनौं र हामी यो कुराको गहिराइ बुझ्छौं । प्रायः मन्दिरमा जाने र भगवानमा विश्वास गर्ने व्यक्तिको रूपमा म पहिलो पटक जानाजानी केही गर्नेछु । यसबाट जो कोहीलाई चोट पुगेको छ, म हृदयदेखि माफी चाहन्छु । अन्नपूर्णी फिल्म बनाउनुको उद्देश्य मानिसलाई चोट पुर्‍याउनु होइन ।’

थिएटरपछि ओटीटी प्लेटफर्ममा रिलिज भएको नयनतारा अभिनित फिल्म ‘अन्नपूर्णी’को एक दृश्यमा भगवान श्रीरामलाई मांसाहारी भनेर वर्णन गरिएको थियो । जसका कारण फिल्म निर्माता, नेटफ्लिक्स र नयनताराविरुद्ध धार्मिक भावनामा चोट पुर्‍याएको उजुरी परेको थियो ।

‘अन्नपूर्णी’ १ डिसेम्बर २०२३ मा हलमा रिलिज भएको थियो । फिल्ममा नयनतारा मुख्य भूमिकामा छिन् । फिल्ममा उनले मन्दिरका पुजारीकी छोरी अन्नपूर्णीको भूमिका निभाएकी छिन्, जसले भान्से बन्ने सपना पूरा गर्न ननभेज पकाउँछिन् ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९