समिक्षा अधिकारीको स्वरमा 'म मर्छु तिमी बिना' सार्वजनिक (भिडियाे)

दर्पण दैनिक १६ असार २०८०,१८:५१
post

काठमाडौं । अशोक बिकको शब्द, संगीत र भिडियो निर्देशन रहेको 'म मर्छु तिमी बिना' सार्वजनिक गरिएको छ । गीतलाई एआर ईन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । यस गीतमा गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । २१ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुदिप सागरले एरेञ्ज गरेका हुन् भने किरण थापाले रेकर्डिङ र मनोज ढंगोलले मिक्सिङ गरेका हुन् ।

अशोक बिकको निर्देशन रहेको गीतमा नरेश बिर सिंहको कोरियोग्राफी, बासु नेपालीको छायांकन, पदम सुबेदीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा एसराज गराज, रिचा थापा, सक्शी लम्साल आदीको अभिनय रहेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: