चलचित्र  ‘अदृश्य’ र ‘बगान’  आजदेखि प्रदर्शन

दर्पण दैनिक १९ श्रावण २०८०,१२:५८
post

काठमाडाैं । आजदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित नेपाली चलचित्र ‘अदृश्य’ प्रदर्शन भएको छ ।  प्रह्लाद काफ्लेको निर्देशनमा तयार भएको चलचित्रमा अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रवीन खतिवडा, प्रिन्स प्रसिड सिंहलगायत मुख्य भूमिकामा छन् । अभिनेता अग्रहरीले चलचित्रको छायाङ्कन कोरोना महामारीकै समयमा गरिएको जानकारी दिए । उनले भने  'सस्पेन्स र थ्रिलर कथामा नेपाली चलचित्र कम बन्ने गरेका छन् । एकै कथावस्तु भएको भन्दा पनि यस चलचित्रबाट फरक विषय र प्रस्तुतीकरण दर्शकले पाउनेछन् । मैले पनि चलचित्रको विधाअनुसार आफ्नोस्वरूप तयार गरेको छु ।'

यसै चलचित्रमार्फत निर्देशन प्रारम्भ गर्नुभएका निर्देशक काफ्लेले सामाजिक विषयवस्तुमा थ्रिलर प्रस्तुती दिएको बताए । 'हामीले राम्रो चलचित्र बनाउन सक्दो कोसिस गरेका छौँ',  उनले भने । उनका अनुसार चलचित्रमा छुल्ठिम गुरुङ, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापती, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे र प्रतीक भुजेललगायतले अभिनय गरेका छन् । चलचित्रमा राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद लेखन, उत्तम हुमागाईं र मोहनकुमार झिल्लुको छायाङ्कन, विशाल पौडेलको सङ्गीत सिर्जना, शिशिर खातीको नृत्य निर्देशन, मुकेश शाहको पाश्र्व सङ्गीत सिर्जना तथा निशान घिमिरेको रङ संयोजन रहेको छ ।

त्यस्तै, चौथो सातामा चलचित्र ‘बगान’ प्रदर्शन भइरहेको छ । पूर्ण पारिवारिक विधामा तयार पारिएको चलचित्रमा एकल आमाको कथालाई प्रमुख विषय बनाइएको निर्देशक सरोज खनालले जानकारी दिए । अभिनेताका रुपमा तीन दशकभन्दा लामो समय बिताइसकेका खनाल यही चलचित्रमार्फत निर्देशक बनेका हुन् ।

'एकल आमाले परिवारका सदस्य र समाजबाट के कस्तो अपेक्षा राख्दछन् भन्ने विषय चलचित्रमा देखाएका छौँ, यसमा समस्यामात्र होइन समाधान पनि देखाउने कोसिस गरेका छौँ',  उनले भने,  'स–परिवारसँगै यो चलचित्र हेर्दा आफू वा आफ्नाको कथा महसुस गर्नुहुनेछ ।'

चलचित्रमा निर्देशक खनालसँगै करिश्मा मानन्धर, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठलगायत कलाकारले अभिनय गरे । यसलाई गीतकार सुरेश वाग्लेले निर्माण गरेका छन् । स्वप्निल निरवको कथामा तयार भएको उक्त चलचित्र रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका वितरण गरेको छ भने मोफसलमा एफडी कम्पनीले गरेको छ । 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९
post

'काइलीको छोरो हुँ म'

१९ बैशाख २०८२,२०:४५
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: