काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक, कलाकार निश्चल बस्नेतको निर्माण रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को छायाङ्कन सकिएको छ । चितवनको विभिन्न स्थानमा छायाङ्कन भएको फिल्म ३४ दिनमा सकेको हो ।
साजन काफ्ले र आकाश बरालको निर्देशन रहेको फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे र फिरोज खड्का हुन् । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको प्रदर्शन आउँदो वर्षको दसैँमा रिलिज हुनेछ ।
स्वस्तिमा खड्का र निश्चल बस्नेतकै मुख्य भूमिका रहेको फिल्ममा विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतको अभिनय रहनेछ । सामाजिक कथामा कमेडी शैलीमा तयार भएको फिल्मबाट अभिनेत्री खड्काले निर्माणमा पनि हात बढाएकी हुन् ।