मेरी बास्सैमा फेरि देखिंदै ‘माग्ने बुढा’

दर्पण दैनिक १५ फाल्गुन २०७९,१९:३३
post

काठमाडौं । नेपालको सबैभन्दा लामो समय प्रशारण भएको हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार माग्ने बुढा उर्फ केदार घिमिरे फेरि देखिने भएका छन् ।

भोलि मंगलबार प्रशारण हुने मेरी बास्सैमा माग्ने बुढाकै भूमिकामा घिमिरे प्रस्तुत हुनेछन् । मिडिया हवको अफिसियल सामाजिक सञ्जालहरुमा केदार घिमिरे र बेनिशा हमाल समावेश मेरी बास्सैको पोष्टर सार्वजनिक गरिएको छ ।

छक्का पञ्जाको प्रदर्शनको छेको पारेर यो टिमका दुई कलाकार प्रचारका लागि मेरी बास्सै पुगेका हुन् । मेरी बास्सैको मंगलबारको श्रृंखलामा केदार घिमिरेसँगैं बेनिशा हमाल पनि देखिनेछिन् भने अरु कलाकारहरु छन् वा छैनन् त्यो भने खुलाइएको छैन । 

मेरी बास्सै माग्ने बुढालाई चिनाएको टेलिफिल्म हो । उनलाई यसै टेलिफिल्मले माग्ने बुढाका रुपमा परिचय दिएको थियो । उही पुरानो आफूलाई परिचय दिएको टेलिफिल्ममा फेरि देखिन पाउँदा माग्ने आफू उत्साहित भएको घिमिरेले बताएका छन् । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: