काठमाडौं । गायक नरेश खातीको नयाँ गीत ‘परान पियारा’ सार्वजनिक भएको छ । पछिल्लो समय चर्चामा आएकी नवकलाकार सिमरन परियार र नरेश खातीको स्वरमा रहेको ‘परान पियारा’ गीत सार्वजनिक भएको हो ।
नरेश खातीकै शब्द र संगीत रहेको ‘परान पियारा’ गीतको भिडियोमा नरेश खातीसँगै मोडल उषा उप्रेती, नवराज शर्मा र योगेश थापाको अभिनय रहेको छ । क्रान्ति केसीले निर्देशन गरेको भिडियो अर्जुन तिवारीको टिमले खिचेको हो ।
‘मेक्सम नरेश अफिसियल’ युट्युब च्यानलमार्फत् गत मंगलबार सार्वजनिक भएको गीतले सकरात्मक प्रतिक्रिया बटुलिरहेको छ ।