काठमाडौं । सञ्जय लिला भन्सारी निर्देशित वेब सिरिज ‘हीरामण्डी’ को ट्रेलर सार्वजनिक भएको छ। नेटफ्लिक्स वेब सिरिजको ट्रेलर पाकिस्तानको लाहौरस्थित हिरामण्डीका यौनकर्मी महिलाको जीवन शैली र संघर्ष वरिपरि घुमेको छ । ट्रेलरमा मुख्य अभिनेत्री मनिषा कोइरालालगायतका मुख्य कलाकाहरु अटाएका छन्। यस फिल्ममा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, ताना शाह बदुशा, सञ्जिदा शेख र शर्मिन सहगलको पनि अभिनय छ ।
सञ्जय लीला भन्सालीले यस वेब सिरिजमा हीरामन्डी नामक ठाउँमा बस्ने यौनकर्मीहरुको कथालाई समेटेका छन् । यो वेब सिरिज प्रेम, शक्ति र स्वतन्त्रता बीचको लडाइँसमेत हो । सिरिजका लागि सबै अभिनेत्रीले आफ्नो भूमिकामा आउन सक्ने गरी नृत्य तालिम लिएका छन्। यो फिल्म आगामी मे १ बाट नेटफ्लिक्समा स्ट्रिमिङ हुँदैछ ।