दोहोरीगीत प्रतिष्ठानले भन्यो– कार्यसमितिमा रहेका कसैले पनि संस्था छोडेकाे छैन (विज्ञप्तिसहित)

दर्पण दैनिक ३ असार २०८०,२१:३०
post

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल फुटेको भनि आएको समाचारमा सत्यता नभएको बताएको छ । प्रतिष्ठानका कार्यवाहक महासचिव  शिरीष देवकोटा र अध्यक्ष रिता थापा मगरले एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठान फुटेको भनि आएको समाचारमा सत्यता नभएको बताएका हुन् ।  वरिष्ठ लोकगायक बमबहादुर कार्की र बिष्णु खत्री लगायतका कलाकारहरुले नयाँ संस्थाको घोषणा गरेपछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल फुटेको चर्चा चलेको थियो ।  

यस्तो छ, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको विज्ञप्ति


प्रेस विज्ञप्ति


राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल औपचारिक रुपमै विभाजन भएको भनि प्रकाशित कपोलकल्पित एवं भ्रामक समाचार प्रति प्रतिष्ठानको गम्भिर ध्यानाकर्षण भएको छ । संस्थाको फूट भएको भन्ने बिषय निराधार रहेको र प्रतिष्ठानको कार्यसमितिमा रहेका कसैले पनि संस्था नछोडेको स्पष्ट पार्न चाहन्छौं ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल समग्र लोक तथा दोहोरी कलाकारहरुको छाता संगठन रहेको सर्वविदितै छ । तिसौं हजार साधारण सदस्य, ४ हजार आजीवन सदस्य, दर्जनौं मानार्थ सदस्य एवं सम्मानार्थ सदस्य रहेको यस संस्थाको अधिकांश जिल्ला, प्रदेश तथा विभिन्न देशहरुमा विदेश शाखा पनि बिस्तारित भएको र हालै सम्पन्न ८ औं महाधिवेशनले ७५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरी संगठनलाई एक ढिक्का बनाएर आफ्ना गतिविधि सञ्चालन गरिरहेको छ ।

नेपाली लोक संस्कृति एवं कलाकारका हक, हित, अधिकार एवं सरोकारका सवालमा प्रतिष्ठान आफुलाई सदैव उभ्याईरहने छ । केही संगीतकर्मीहरुले दर्ता गरेको नयाँ संस्थाको बिषयलाई हाम्रो गौरवमय एकिकृत संस्थासंग जोडेर अतिरन्जित नगरिदिनुहुन सबैलाई अनुरोध गर्न चाहन्छौं । हामी हाम्रो मौलिक लोक संगीत र लोकदोहोरी क्षेत्रको उन्नयनका खातिर एकताबद्ध थियौं, छौं र रहिरहनेछौं । नेपाली गीत संगीतको क्षेत्रमा खुलेका हरेक संस्थाहरूलाई स्वागत पनि गर्दछौं ।
जय लोकदोहोरी ! जय प्रतिष्ठान !!

शिरीष देवकोटा
कार्यवाहक महासचिव

रिता थापा मगर 
अध्यक्ष

याे पनि : बमबहादुर कार्कीको नेतृत्वमा नयाँ संस्था दर्ता, काे काे छन् कार्यसमितिमा ?

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९