काठमाडौं । वरिष्ठ लोकगायक बमबहादुर कार्कीको अध्यक्षतामा नयाँ संस्थाको घोषणा भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’ नामक संस्था दर्ता भएको छ ।
कार्कीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति पनि प्रशासनमा दर्ता भएको छ । जसको उपाध्यक्षमा विष्णु खत्री, महासचिवमा वैकुण्ठ महत, सचिवमा राजु परियार, कोषाध्यक्षमा टीका पुन, सदस्यहरुमा खड्ग गर्बुजा, शिव आले र केशरी घर्ती छन् । यो तदर्थ समितिको बैठकले भदौभित्र अधिवेशन बोलाउने भएको छ ।
उपाध्यक्ष खत्रीले संस्था दर्ता प्रक्रिया समाप्त भएको बताए । यसअघि प्रतिष्ठानको पूर्वमहासचिव समेत रहेका गायक खत्रीले संस्थामा नरहेको घोषणा गरेका थिए । उक्त घोषणासँगै उनले आफू नयाँ ढंगले अघि बढ्ने बताएका थिए ।