अभिनयमा फर्किंदै पल, सुरुमा मलिकासँग म्युजिक भिडिओ खेल्ने

दर्पण दैनिक २८ फाल्गुन २०७९,१४:१४
post

काठमाडौं । अभिनेता पल शाहले अभिनयमा फर्किने तयारी गरेका छन्। नाबालिग बलात्कार अभियोगमा जेल परेका पल अघिल्लो सातामात्रै अदालतबाट सफाइ पाएर घर फर्किएका छन् । त्यसपछि परिवारसँग समय बिताइरहेका पल अब भने काममा फर्किने तयारीमा लागेका हुन् । 

यतिबेला उनलाई भेट्न नाम चलेका कलाकार कामको अफर लिएर घरमै धाइरहेका छन् । धेरैले उनीसँग भेट गरेका तस्बिर सामाजिक सञ्जालमा हाल्दै सहकार्यको तयारी भनेर लेखिरेहका छन् ।

पलले भने नायिका तथा मोडल मलिका महतसँग सहकार्यको तयारी गरेका छन् । मलिकासँग एक गीतको म्युजिक भिडिओ खेल्ने तयारीमा रहेका पल उक्त गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्ने योजनामा छन् । 


ठूलो फिल्मको अफर लिएर पलसम्म जाने निर्माताको सूची पनि लामै रहेको बुझिएको छ । अहिले उनी फिल्ममा फर्किन विभिन्न निर्माण टिमसँग छलफल गरिरहेका छन् । पल र मलिकाले यसअघि पनि थुप्रै म्युजिक भिडिओमा सहकार्य गरेका छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: