काठमाडौं । शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को बुधबार राजधानीमा प्रिमियर शोको आयोजना गरिएको छ । न्युरोडको रंजना हलमा भएको प्रिमियरमा सिनेकर्मीको बाक्लो उपस्थिती थियो । प्रिमियरमा फिल्म हेरेर निस्किएका सबैले फिल्म राम्रो बनेको प्रतिकृया दिएका छन् । फिल्म हेर्न चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, वरिष्ठ अभिनेता हरिवंश आचार्य, निर्देशक दीपाश्री निरौला, नरेश पौडेल, घनश्याम लामिछाने, दिवाकर भट्टराई, लेखक प्रदीप भारद्धाज, अभिनेता सलिनमामन बनियाँ, अभिनेत्री गौरी मल्ल, गायिका देविका बन्दना, गायक यम बराल, निर्मात्री पुनम गौतम, अभिनेत्री पुजा शर्मा, सुनिशा बजगाई लगायतका कलाकारको उपस्थिती थियो । प्रिमियरमा फिल्मको क्लाइमेक्सले भावुक बनाएको प्रतिक्रिया दिएका छन् ।
चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले सलोनको अभिनयको प्रशंसा गरे। सलोनले कमेडी फिल्म मात्रै होइन ‘जय हो’ जस्तो सिरियस क्यारेक्टरलाई पनि न्याय गर्न सक्ने कलाकार भएको भन्दै प्रशंसा गरेका थिए ।
अभिनेता हरिवंश आचार्यले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दि ए। फिल्ममा अभिनेता बस्नेत र अभिनेत्री केकी अधिकारीको कामले उनको मन जितेको बताए । साथै सिमाटोग्राफर सौरभ लामाको कामको पनि उनले तारिफ गरेका थिए ।