काठमाडाैं । चलचित्र ‘२ रुपैयाँ’मा समावेश गीत ‘कुटुमा कुटु...’लाई युट्युबमा २० करोड पटक हेरिएको छ । ६ वर्ष अगाडि सार्वजनिक गरिएको गीतले २०० मिलियन भ्युज पाएको हो ।
यो युट्युबमा सर्वाधिक हेरिने नेपाली गीत हो । गीतमा राजनराज शिवाकोटी, मेलिना राई र राजन इशानको स्वर छ । यसका गीतकार एवं संगीतकार राजनराज शिवाकोटी हुन् ।
भिडियोमा अभिनेत्री स्वस्तिमा खड्काको नृत्य छ भने उनीसँगै चलचित्रका शीर्ष कलाकारहरू असिफ शाह, निश्चल बस्नेत, बुद्धि तामाङ प्रस्तुत छन् । भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् । गीतले २० करोड भ्युज प्राप्त गरेपछि गीतकार, संगीतकार एवं गायक शिवाकोटीले सामाजिक सञ्जालमार्फत खुशी साटेका छन् ।