काठमाडौं । त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको रोमान्टिक फिल्म ‘जेरी अनटप’मा आँचल शर्मा अनुबन्धित भएकी छन् । शुक्रबार निर्माता र आँचलबीच लिखित सम्झौता भएको हो ।
यसअघि यो फिल्ममा अनमोल केसी र आना शर्मा तय भइसकेका छन् । यो फिल्ममा आना र आँचलले अनमोलसँग अनस्क्रिन रोमान्स गर्नेछन् । आँचल र अनमोलबीच पहिलोपटक सहकार्य हुनेछ ।
निर्माता सरोज न्यौपानेले शीर्षमध्येको भूमिकामा आँचल जोडिएको बताए । अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।