काठमाडाैं । कलाकार मदनकृष्ण श्रेष्ठसहित १० जना कलाकार र एक संस्थालाई सांस्कृतिक रुपान्तरण पुरस्कार २०८० प्रदान गरिने भएको छ । चलचित्र विकास बोर्डले संविधान दिवसका अवसरमा सो पुरस्कार वितरण गर्न लागेको हो ।
बोर्डको सोमबारको बैठकले पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । भोलि आयोजना हुने विशेष कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ । विजयरत्न तुलाधर, मिथिला शर्मा, दयाराम दाहाल, रेखा थापा, दीपाश्री निरौला, श्याम सापकोटालगायत कलाकार र चलचित्रकर्मी कल्याण कोष सञ्चालन समितिलाई पुरस्कार प्रदान गर्न लागिएको हो ।
१ मदनकृष्ण श्रेष्ठ
२ विजयरत्न तुलाधर
३ मिथिला शर्मा
४ दयाराम दहाल
५ मुकुन्द किशोर भट्टराई
६ श्याम सापकोटा
७ रेखा थापा
८ दिपाश्री निरौला
९ मनोज पण्डित
१० मीनबहादुर भाम
११ चलचित्रकर्मी कल्याणकोष सञ्चालन समिति