चलचित्र 'कैदीको पत्र' को पहिलो गीत सार्वजनिक (भिडियो)

दर्पण दैनिक १५ चैत्र २०७९,१८:३८
post

काठमाडाैं । आगामी वैशाख १५ गतेलाई रिलिज मिति तोक्दै चलचित्र 'कैदीको पत्र' को पहिलो गीत सार्वजनिक गरिएको छ ।

'मेरो दिलको तालमा' बोलको गीतमा प्रताप दास र सुवानी मोक्तानको स्वर छ । गीतको रचना सनम कुमार बैरागले गरेका हुन् भने सुरेश सेञ्चुरीले संगीत दिएका छन् ।

यो गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारसको अभिनय छ । गीतको अंग्रेजी लाइन निखिल गोतामेले लेखेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

प्रेम र रोमान्सको कथामा बनेको यो चलचित्रमा आफ्नो जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइहरू देख्न पाइने निर्देशक सनम कुमार बैरागले बताए । यो चलचित्रको सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको हो । यसमा कुनाल र म्याडिसनको साथमा सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठलगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ । दिल घले, नानी बैराग, कैलाश विश्वकर्मा र हिराल जोशी चलचित्रका निर्माता हुन् ।

यो चलचित्रका डिओपी रामेश्वर कार्की हुन् भने अर्जुन जिसीले सम्पादन र ब्रिटिश कलरिष्ट यासिन एन'चौबीले कलर ग्रेडिङ्ग गरेका छन् ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९