काठमाडौं । बलिउड अभिनेता गोविन्दा रौतहट आएका छन् । रौतहटमा आयोजित मदानी महोत्सव २०८० मा सहभागी हुन उनी बिहीबार रौतहट आएका हुन् । महोत्सवमा उनको प्रस्तुति समेत रहेको थियो ।
यसैबिच अभिनेता गोविन्दासँग अभिनेता पल शाहले पनि भेट गरेका छन् । महोत्सवमा सहभागी हुन रौतहट पुगेका पलको गोविन्दासँग त्यही भेट भएको हो । भेटमा दुवैले सँगै तस्बिर समेत खिचाएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google