काठमाडाैं । दीपक र दीपाको फिल्म 'छक्का पन्जा ४' को प्रमोशनल गीत सार्वजनिक भएको छ । मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको गीत सार्वजनिक गरिएको हो । केदार घिमिरे (माग्ने बुढा) ले फिल्मका कलाकार चिनाउँदै गीत गाएका छन् ।
हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ । फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन् ।
नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् । आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुँदैछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google