‘लोपोन्मुख हस्तकलाको पुस्तान्तरण’ विषयक कार्यशाला सम्पन्न

दर्पण दैनिक २१ माघ २०८१,०७:१३
post

ललितपुर । ‘लोपोन्मुख हस्तकलाको पुस्तान्तरण’ विषयक एकदिवसीय कार्यशाला तथा गोष्ठी सम्पन्न भएको छ । ललितपुर महानगरपालिका १६ वडा हस्तकला तथा पर्यटन विकास समितिको आयोजनामा शनिबार भएको सो कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीको मुख्य प्रस्तुति रहेको थियो । ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा हस्तकला क्षेत्रमा आबद्ध कलाकार तथा विज्ञको उपस्थिति रहेको थियो । 

उपप्रमुख शाक्यले ललितपुरलाई नेपालकै हस्तकलाको राजधानी बनाउनुपर्नेमा जोड दिइन् । उनले हस्तकलाको विकासका लागि सचेत ढंगले काम गर्नुपर्नेमा जोड दिँदै तथ्याङ्क र खोज अनुसन्धानलाई अगाडि बढाउनुपर्ने धारणा राखिन् । उनले लोपोन्मुख हस्तकलाको पुस्तान्तरणका लागि महानगरले सक्दो काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् । 

उपमेयर शाक्यले हस्तकलाको विधागत बर्गीकरण, कलाकारको संख्या तथा कलाको अवस्थाका बारेमा अनुसन्धान गरिनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘तथ्याङ्कसहित कला र कलाकारको अवस्थालाई खोज अनुसन्धान गर्न सकियो भने त्यसबाट निस्कने निष्कर्षले नीति तथा योजना बनाउन सहयोग पुग्छ । साथै पुस्तान्तरणका लागि समेत मद्दत मिल्दछ ।’

सो कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव थुम्केलीले मौलिक पहिचानका रुपमा हस्तकलाले बनाएको विशिष्टता नेपालको सांस्कृतिक सम्पदा भएको बताउँदै एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै आएको यसले नेपाली मौलिक पहिचानलाई विश्वसामु परिचित गराउन सकेको बताए । 

उनले भने, ‘नेपालमा सयौं किसिमका हस्तकलाका मौलिक सामान पाइन्छन् । यो ज्ञान परम्परालाई नवपुस्तामा पुस्तान्तरण गर्दै सामाजिक रुपान्तरणमा अग्रसर बनाउनु पर्दछ ।’


थुम्केलीले विशेषगरी समुदायगत रुपमा विकास हुँदै आएको हस्तकलालाई सम्भावना र अवसरका रुपमा नवप्रवर्तनसँग जोडेर प्रदेश तथा स्थानीय सरकारले समृद्धिको आधारका रुपमा राखेर नीति नियम बनाउँदै व्यवस्थित ढंगले पुस्तान्तरणको अभियान चाल्नु पर्नेमा जोड दिए । उनले मौलिकताको जर्गेना, रोजगारीको सिर्जना र अर्थतन्त्रमा योगदान दिने नेपालकै विशिष्ट क्षेत्र हस्तकला रहेको जिकिर गरे । उनले सभ्यता, पहिचान स्थापित गर्दै देशलाई समृद्धिको दिशामा लैजान हस्तकलालाई व्यवस्थितरुपमा अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले इतिहास, पुरातात्त्विक अन्वेषणमा सहयोग तथा कन्जर्भेसन, रेनोभेसनका लागि कलाकारको भूमिका विशेष रहने भएकाले पुस्तान्तरणका लागि योजनाबद्ध ढंगले काम गर्नु पर्ने विचार व्यक्त गरे ।


सदस्य सचिव थुम्केलीले संस्कृति, शिल्पज्ञान, परम्परागत प्रविधि र विविधताको संगम भएको ललितपुर महानगरको १६ वडामा लोक–परम्परागत चित्रकला, मूर्तिकला, धातुपत्र कला, परम्परागत प्रविधिमा भाँडाकुँडा, जडाउ कला (फिलगिरी), गरगहना, वास्तुकला÷स्थापत्यकला तथा व्यावसायिक कला आदि प्रचलित रहेको जनाए ।

उनले बजेटको व्यवस्थापन, नीति तथा कानुनी समस्या, हस्तकला ज्ञान परम्परा शिक्षामा नजोडिएको, दक्ष जनशक्तिको अभाव, हस्तकलाको अध्ययन गर्ने थलोको अभाव, पुस्तान्तरणमा समस्या, कलादीर्घा, कोसेलीघर, सङ्ग्रहालयको अभाव, सङ्घ, प्रदेश तथा पालिकासँग समन्वयको कमी, प्रशासनिक झञ्झट, व्यवसायीको पलायन, बजार (वैदेशिक व्यापार सम्भौता प्रभावकारी नहुनु), आत्मसम्मान तथा प्रोत्साहनको कमी, प्लास्टिकजन्य सामग्रीको बढ्दो प्रयोग, विदेशी प्रविधि र सामान आयात, व्यवस्थित प्रदर्शनी, मेला, महोत्सवमा समन्वयको कमी (देश विदेशमा) समस्या र चुनौती रहेको बताए ।

उनले प्रदेश र पालिका स्तरमा सांस्कृतिक संरचना गठन गरी हस्तकलाको पहिचान, खोज अनुसन्धान गर्नुपर्ने धारणा व्यक्त गरे । यस्तै, सातै प्रदेशमा हस्तकला हव वा केन्द्रको स्थापना, कलादीर्घा, कोसेलीघर तथा सङ्ग्रहालयको स्थापना, हस्तकलासम्बन्धी गैरसरकारी संघसंस्थाको स्थापना, औपचारिक÷अनौपचारिक शिक्षामार्फत पाठ्यक्रम निर्माण, कला शिक्षण संस्था हस्तकलाको अध्ययन आदि हुनुपर्नेमा जोड दिए । यसैगरी निरन्तररुपमा कार्यशाला, प्रशिक्षण, तालिम, प्रदर्शनी, गोष्ठी, अन्तरक्रिया, बहस, छलफल गर्दै नवप्रवर्तनसँग जोडेर परम्परागत रुपमा आएको ज्ञानलाई पुस्तान्तरण गर्नुपर्ने बताए । उनले नेपाली हस्तकलाको सैद्धान्तिकरण गर्न खोज–अनुसन्धान, प्रकाशन, अभिलेखीकरण एवं प्रचार प्रसार, कला र कलाकारको सर्वेक्षण, हस्तकलाको ब्राण्डिङ (मानकीकरण÷विशिष्टीकरण) गर्नुपर्नेमा जोड दिए ।

नीतिगतरुपमा कच्चापदार्थ, भन्सार, कर, कम ब्याजमा ऋण, ढुवानीसम्बन्धी समस्या हल हुनुपर्ने जनाउँदै थुम्केलीले राज्यले निरन्तर नियमन गर्नुपर्ने विचार व्यक्त गरे । यस्तै, पेशाप्रतिको आत्मसम्मानका लागि पुरस्कार, सम्मान तथा प्रतियोगिता, विद्वतवृत्ति, छात्रवृत्ति, सिर्जनावृत्ति आदिको व्यवस्था हुनुपर्ने धारणा राख्दै सदस्य सचिव थुम्केलीले आन्तरिक तथा बाह्य बजारलाई व्यवस्थित ढंगले व्यवस्थापन गर्नुपर्ने बताए । 

सो कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रदिप शाक्यले हस्तकलाको विकासले मौलिक नेपाली कलाको जर्गेना हुने बताउँदै यसका लागि सिप र ज्ञानको पुस्तान्तरण हुनुपर्ने जनाए । उनले लोपोन्मुख हस्तकलाको खोज अनुसन्धान, अभिलेख तथा प्रकाशनमा जोड दिँदै प्रशिक्षण, कार्यशाला, तालिम आदिबाट सिप विकासमा सबै ध्यान दिनुपर्नेमा जोड दिए ।  प्राज्ञसभा सदस्य शाक्यले भने, ‘हस्तकला समाज चिन्ने सिर्जनात्मक आँखा भएकाले यसले नेपालको इतिहासमात्रै नभएर सांस्कृतिक, धार्मिक, सामाजिक तथा राजनैतिक परिवेशलाई चलायमान बनाएको छ  । यसको महत्त्वलाई चीरस्थायी बनाउन पुस्तान्तरण गर्दै अगाडि बढ्नु पर्दछ । लोपोन्मुख हस्तकलाको संरक्षण, प्रवद्र्धन तथा विकासमा अहिले नै ध्यान नदिए राज्यले एउटा सिंगो सभ्यता गुमाउँछ ।’

सो कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले प्रविधिमैत्री बन्दै हस्तकलाको विकासमा लाग्नुपर्नेमा जोड दिए । उनले हस्तकलामा नाम, दाम र भविष्य रहेको बताउँदै नेपाली हस्तकलालाई अन्तर्राष्ट्रिय रुपमा व्यवस्थित ढंगले लैजानुपर्ने धारणा राखे । उनले भने, ‘युवापुस्ता बाहिर गए पनि आफ्नै हस्तकला सिकेर जानुपर्दछ । यसले हाम्रो मौलिकतालाई विश्वमा चिनाउन मद्दत गर्दछ भने आर्थिकरुपमा पनि हामीलाई सबल बनाउन महत्वपूर्ण सहयोग पु¥याउँदछ ।’ 

हस्तकलाको विकास गर्ने महाअभियानमा सबै लाग्नुपर्नेमा जोड दिँदै अध्यक्ष शाक्यले एकापसमा मिलेर नेपाली हस्तकलाको विकासमा अघि बढ्नुको विकल्प नभएको जिकिर गरे । हस्तकला तथा पर्यटन विकास समितिका संयोजक आनन्दबीर बज्राचार्यले लोपोन्मुख हस्तकलाको मौलिकतालाई जर्गेना गर्दै समृद्धिको यात्रामा लाग्न महानगरले काम गरिरहेको बताए । 

उनले भने, ‘मौलिक हस्तकलाको संरक्षण, प्रवद्र्धन, विकास र संवद्र्धनमा राज्यका सबै तह लाग्नुपर्दछ ।’ ललितपुर महानगर १६ वडाध्यक्ष निर्मलरत्न शाक्यले रैथाने मौलिक शिल्पज्ञानको प्रवद्र्धनात्मक कार्यमा महानगर काम गरिरहेको बताए । उनले भने, ‘हस्तकलाको खोज–अनुसन्धान, अभिलेख तथा प्रकाशनको कार्यसँगै प्रशिक्षण, कार्यशाला, गोष्ठी, सम्मेलन, महोत्सव, प्रतियोगिता, प्रदर्शनी एवम् कलाकारको जीवनस्तर उकास्नका लागि महानगर सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ 

उनले ललितपुरलाई हस्तकलाको राजधानी बनाउनुपर्नेमा जोड दिँदै संस्कृति बचेमात्रै सभ्यता जीवन्त बन्ने भएकाले आफूले सोही अनुसार काम गरिरहेको जिकिर गरे । सो कार्यक्रममा कलाकार राजेश शाक्य, सुरेश प्रधानलगायतले हस्तकलाको अभिलेखीकरण, सिप हस्तान्तरण, पाठ्यक्रम निर्माण, सहज नीति बनाउनुपर्नेमा जोड दिए । सो कार्यक्रममा ६० जनाभन्दा बढी सहभागी रहेका थिए । 
 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९
post

'काइलीको छोरो हुँ म'

१९ बैशाख २०८२,२०:४५
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८
post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: