काठमाडाैँ । मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२५ मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्क सहित स्वर्ण पदक प्राप्त गरेको छ । बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ देखि २५ गतेसम्म सञ्चालन भएको उक्त अभ्यासमा बेलायतसहित ३३ राष्ट्रका ११७ वटा टोलीहरूको सहभागिता रहेको थियो ।
सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आइरहेको छ । दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको विभिन्न तयारी, खबर सङ्कलन, घाइते-बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ । यस सँगै नेपाली सेनाले उक्त प्रतियोगितामा सन २०१७, २०१९ र २०२४ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)





































































































































































































































































































































.jpg)












































































































































.jpg)











































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google