पशुपतिका क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरूद्ध मुद्दा दायर

दर्पण दैनिक ११ असार २०८०,१४:२१
post

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध डेढ करोड अवैध सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनी अघिल्लो कार्यकालका सदस्यसचिव हुन् । अख्तियारले उनीविरुद्ध एक करोड ४४ लाख ११ हजार सात सय ८१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जनको आरोप लगाएको छ। उनी कोषमा ३२ साउन ०७४ देखि ३० जेठ ०७९ सम्म सदस्यसचिव थिए । सोही अवधिमा उनले गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ।

हाल जलहरी मुद्दामा अख्तियारले छानबिन गरिरहेका वेला पूर्वसदस्यसचिवमाथि गैरकानुनी सम्पत्ति आर्जनमा मुद्दा चल्नुलाई अर्थपूर्ण मानिएको छ ।


यस्ताे छ, अख्तियारकाे प्रेस विज्ञप्ति

मिति २०८०।०३।११ गते ।

पशुपति क्षेत्र विकास, कोषका तत्कालीन सदस्य सचिव डा. प्रदिप ढकालले पदमा वहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज प्रदिप ढकालले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०७४।०४।३२ गतेदेखि निजले सम्पत्ति विवरण पेश गरेको मिति २०७९।०२।३० गतेसम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरी विभिन्न शीर्षकमा भएको आयलाई विश्लेषण गर्दा आयतर्फ निज सार्वजनिक सेवामा प्रवेश गर्दाको बखत निज र निजको परिवारको बैंक खातामा रहेको मौज्दात रकम, निजको पारिश्रमिक वचत, निजले प्राप्त गरेको प्रोत्साहन भत्ता, बैठक भत्ता, भ्रमण भत्ता, अतिरिक्त सुविधा, सेवाबाट अवकाश भएपछि नागरिक लगानी कोषबाट प्राप्त रकम, बिभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा रकम, शेयर बिक्रीबाट प्राप्त रकम र बिभिन्न ब्यक्तिहरुसँग लिएको ब्यक्तिगत सापटीसमेत गरी आयतर्फ स्रोत खुलेको रु.६,३९,९३,३१२।४१ (छ करोड उनान्चालीस लाख त्रियानब्बे हजार तीन सय बाह्र रुपैंया एकचालीस पैसा) र यसै अवधिको विभिन्न शीर्षकमा भएको व्ययतर्फ घर/जग्गा खरिदमा रजिष्ट्रेशन दस्तुरसहित, उक्त घरमा इन्टेरियर डेकोरेशनमा भएको खर्च, बिभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाबापतको साँवाब्याज भुक्तानीमा भएको खर्च, बैंक वित्तीय संस्थाबाट कर्जा लिँदा तिरेको सेवा दस्तुर, बिभिन्न कम्पनीको शेयर खरिदमा भएको खर्च, बिभिन्न ब्यक्तिहरुबाट लिएको सापटी रकम फिर्ता भुक्तानीमा भएको खर्च, बैंक खाताबाट क्लियरिङ्गमार्फत खर्च गरेको रकम, औषधि उपचारमा भएको खर्चसमेत गरी जम्मा रु.७,८४,०५,०९४।१२ (सात करोड चौरासी लाख पाँच हजार चौरानब्बे रूपैंया बाह्र पैसा) खर्च तथा लगानी भएको देखिंदा बैधानिक श्रोत खुल्न नसकेको लगानी एवं सम्पत्ति रु.१,४४,११,७८१।७१ (एक करोड चवालीस लाख एघार हजार सात सय एकासी रूपैंया एकहत्तर पैसा) रहेको हुँदा सार्वजनिक पद धारण गरेका निज प्रदिप ढकालले प्रचलित कानूनबमोजिम पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वभाविक देखिनुका साथै अस्वभाविक उच्च जीवनस्तर यापन गरेको र सार्वजनिक पदको दुरुपयोग गरी रु.१,४४,११,७८१।७१ बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज प्रदिप ढकालउपर निजले पदको दुरूपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति रु.१,४४,११,७८१।७१ (एक करोड चवालीस लाख एघार हजार सात सय एकासी रूपैंया एकहत्तर पैसा) विगो कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय गरी पाउनका साथै प्रतिवादी प्रदिप ढकालले जाँच अवधिमा गैरकानूनी रूपमा आर्जन गरेको श्रोत नखुलेको बिगो निजको नाममा हाल कायम रहेको घर/जग्गाबाट प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम बिगो र जरिवाना जफत गरी पाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: