काठमाडौं । चितवन-नारायणगढ मुग्लिन सडकको जलबिरेमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मोतिहारीका ३५ वर्षीय गौरी दासको भएको चितवन प्रहरीले जनाएको छ । उनी रौतहटको गौरबाट पोखराका लागि जाँदै गरेका थिए ।
ग १ ख ८५२४ नम्बरको उक्त बस इच्छाकामना गाउँपालिका–६ मा पर्ने जलबिरेमा सडक किनारमा रोकिराखेको ना ६ ख ३२८० नम्बरको ट्रकसँग ठोक्किएको चितवन प्रहरीले जनाएको छ । अन्य चार जना घाइते छन् । तीन जनाको अवस्था मध्यम र एक जना सामान्य छन् । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google