ललितपुर । अनाथ बालबालिकाको सहयोगार्थ गोदावरीमा पदयात्रा हुने भएको छ । गोदावारी जेसिसको आयोजनामा गोदावरीको पर्यटन-प्रबर्द्धनमा टेवा पुग्ने उदेश्यसहित अनाथ बालबालिकाको सहयोगार्थ गोदावरीमा पदयात्राको आयोजना गरिएको कार्यक्रम संयोजक हरि गोबिन्द महर्जनले जानकारी दिए ।
Walk For Health- service orphan child (Hike Godawari) १७ गते शनिबारका दिन बिहान ७ बजे गोदावरीबाट सुरु भएर नौधारा, मार्वल डाडा, फुल्चोकी डाँडा जाने रुट तय गरिएको उनले बताए । पदयात्रामा सहभागी हुन चाहनेका लागि एक हजार रुपैयाँ रजिस्ट्रेशन शुल्क लाग्ने उनको भनाइ छ ।