नेपाली सेनाले मादल बजाएर राख्याे विश्व कीर्तिमान

दर्पण दैनिक ६ फाल्गुन २०७९,२०:१७
post

काठमाडौं । नेपाली सेनाले ५५५ मादल एकैपटक ताल र लय प्रस्तुत गरेर विश्व कीर्तिमान राखेको छ । सैनिक मञ्च टुँडिखेलमा शनिबार महाशिवरात्री तथा २६० औं सेना दिवसको अवसरमा सेनाले ५५५ मादल बजायो । 

विशेष समारोहमा मौलिक वाद्यवाधनका साधनहरुको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले ५५५ जना सैनिकले मादलको ताल र लय प्रस्तुत गरेको थिए ।

सेनाका अनुसार त्यसको दुई दिनअघि फागुन ४ मा प्रधान सेनापति महारथी प्रभुराम शर्मा र वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनका प्रतिनिधिको उपस्थितिमा ५५५ जना सैनिकहरुले मादल बनाएर विश्व कीर्तिमानको लागि आवेदन दिएका थिए ।

सेनाका अनुसार सोही प्रस्तुती वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनद्वारा विश्व किर्तीमानका रुपमा प्रमाणित भइसकेको छ ।

शनिबार सैनिक मञ्चमा आयोजित बेग्लै समारोहमा वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनका प्रतिनिधि सागर कटवालले प्रधान सेनापति शर्मालाई सो किर्तीमानको प्रोभिजनल सर्टिफिकेट हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५