
काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को लागि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न तथा गाउँपालिका बाहिर बसोबास गर्ने लाभग्राहीहरूका लागि विशेष घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाद्वारा जारी सूचना अनुसार, सामाजिक सुरक्षा नियमावली २०७८ को नियमानुसार भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले २०८३ असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालय वा तोकिएको शिविरमा उपस्थित भई भत्ता परिचयपत्र नवीकरण गराउनुपर्नेछ । म्यादभित्र नवीकरण नगराउने लाभग्राहीको लागत कट्टा गरिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिका बाहिर (काठमाडौँ उपत्यका तथा बनेपा) रहेका सेवाग्राहीहरूको सुविधाका लागि बिहान ९:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म घुम्ती शिविर सञ्चालन हुनेछ ।
२०८३ साउन २३ गते कुमारिगाल, साउन २४ गते नयाँबस्ती, २५ गते कपन-आकासेधारा, २६ गते स्वयम्भू, २७ गते कोटेश्वर २८ गते सुर्यविनायक र २९ गते बनेपामा घुम्ती शिविर सञ्चालन हुनेछ ।
नवीकरणका लागि बायोमेट्रिक (Biometric) गरिसकेको अवस्थामा
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको नागरिकताको छायाँकपी, सामाजिक सुरक्षा भत्ता कार्ड, निवेदकको पासपोर्ट साइजको फोटो (२ प्रति) अनिवार्य पेश गर्नुपर्नेछ ।
अपाङ्गताको हकमा अपाङ्गता परिचयपत्रको छायाँकपी, विधवा/एकल महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्रको छायाँकपी तथा वडा कार्यालयको सिफारिश, दलित तथा १६ वर्ष मुनिका बालबालिकाको हकमा जन्म दर्ता र संरक्षकको नागरिकताको छायाँकपी र राष्ट्रिय परिचयपत्रको छायाँकपी पेश गर्नुपर्नेछ ।
१६ वर्ष पूरा नभएका बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने अशक्त र ९० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छैन ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)





































































































































































































































































































































.jpg)












































































































































.jpg)

























































































.jpg)




























प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google