आज काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा

दर्पण दैनिक १४ फाल्गुन २०७९,१६:३५
post

काठमाडौं । आइतबार काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाकी बरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आइतबार अपरान्ह काठमाडौंमा वर्षा भएको बताइन् ।

‘अहिले नै साँखुलगायत क्षेत्रमा पानी पर्न सुरू भएको छ। साँझसम्म काठमाडौं अरू ठाउँमा पनि छिटफुट वर्षा हुने सम्भावना छ,’ कँडेलले भनिन्,‘यो काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा हो।’

पश्चिमी वायुको प्रभावका कारण आइतबार देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको छ । पोखरा, लमजुङ, गोरखालगायत क्षेत्र हल्का वर्षा भएको छ । प्रि-मनसुनको अवधि सुरू हुन लागेकाले वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सजगता अपनाउन मौसमविद् कँडेलले आग्रह गरिन् ।

केही घन्टामै पानी रोकिएर आकाश खुल्ने भए पनि भोलि दिउँसो भने मौसम बदली हुने सम्भावना रहेको उनले बताइन् । 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post