काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका ९ वटा निर्णय आज (मंगलबार) सार्वजनिक गरेको छ । मन्त्रिपरिषद् बैठकले कर्णाली करिडोर ४०० केभी प्रशारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने क्षतिपूर्ति निर्धारण समिति गठन गर्ने निर्णय गरेको छ ।
साथै, मन्त्रिपरिषद् बैठकले देशमा गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने अमेरिकी सहायता र ऋण सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गरेको छ ।
बैठकले एकसय मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा ३.८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गरेको हो ।
त्यस्तै नेपाल सरकारका सबै निकायको तथ्यांक र सूचना प्रविधि प्रणाली सरकारी एकीकृत डाटा केन्द्रमा राखी व्यवस्थापन गर्ने र राष्ट्रिय सूचना प्रविधि केन्द्रले काठमाडौंमा रहेको सरकारी एकीकृत डाटा केन्द्र र हेटौँडामा रहेको डीजास्टर रिकभरी केन्द्रलाई पूर्ण क्षमतामा सञ्चाल गरी चौबिसै घन्टा नेटवर्किङ र साइबर सुरक्षासम्बन्धी प्राविधिकले निगरानी गर्ने व्यवस्था मिलाउन सरकारले निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय