कानुन सबैका लागि बराबर हाे भन्दै सडक पेटीको ट्राफिक पोष्ट भत्काइयो

दर्पण दैनिक १२ बैशाख २०८०,२०:२५
post

काठमाडौं । काठमाडौं महानगरपालिकाले साविक पुरानो बसपार्कबाट टुँडिखेलतर्फ लाग्दा सडक किनारामा रहेको ट्राफिक प्रहरी पोष्ट भत्काएको छ । पैदल यात्रुको सहज आवागमनमा वाधा गरेकोले प्रहरीसँगको समन्वयमा पोष्ट हटाइएको हो । 

‘कानुन सबैका लागि बराबर हुन्छ । सडक पेटीमा भौतिक संरचना बनाउन नपाइने नियम सबैका लागि हो । यहाँ कसैले बनाउन पाउने र कसैले नपाउने भन्ने हुँदैन ।’ सडकपेटी अतिक्रमण हटाउने अभियानका विषयमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले भने, ‘कानुन पालना गराउनु पर्ने निकायबाट सडक पेटी अतिक्रमण हुनु गलत हो । हामीले सडक पेटीलाई पैदल यात्रीमैत्री बनाउन सडक व्यापारलाई रोकेका हौँ । यो नियम सर्वसाधारणका लागि मात्र होइन । सबैले पालना गर्नुपर्छ ।’


गएको माघ २४ गते महानगरले मैतीदेवी चोकमा रहेको प्रहरी बिट हटाइसकेको छ । नगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार सडक किनारामा २२ वटा प्रहरी बिट छन् । यी विट हटाएर सहज पैदल यात्राका लागि नेपाल प्रहरीलाई अनुरोध गरिएको छ । 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७