काठमाडौं । नेपाल प्रहरीका ४५५ जना प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा भएका छन् । आज (सोमबार) को बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ४५५ हवल्दारहरुलाई प्रहरी वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा हुनेमा नवराज सुवेदी, सन्तोष खड्का, यम बहादुर कार्की, खिम बहादुर गुरुङ्, रिता ओझा, दिना नाथ गेलाललगायतका व्यक्तिहरु रहेका छन् ।
हेर्नुस् सूची https://www.nepalpolice.gov.np/media/filer_public/68/72/6872a700-5a74-4bb2-a756-6a08fafe8e5e/cn_2912_hc_to_shc_civil_20810817.pdf
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google