काठमडौं । बालमन्दिरका तल्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ थुनामुक्त भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई शुक्रबार पक्राउ गरेको थियो । तर, उनी पक्राउ परेको दुई दिनमै थुनामुक्त भएका हुन् ।
सीआईबीका अनुसार जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिएपछि उनलाई छाडिएको हो । बालबन्दिरको जग्गालाई सस्तोमा लिजमा लगाएर अनियमितता गरेको आरोपमा सीआईबीले बालमन्दिरको तत्कालीन सञ्चालक समितिमाथि ठगीको मुद्दा चलाएर अनुसन्धान थालेको छ । ठगी मुद्दामा २० जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।