काठमाडौं । काठमाडौंमा बाल्टिनको पानीमा डुबेर १९ महिने बालिकाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका-५, जोरपाटीको बाहुनधाराका अनेत्र बडुवालकी १९ महिने छोरी सुमित्रा बडुवालको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो ।
शौचालयमा रहेको बाल्टिनको पानीमा डुबेर घाइते भएकी सुमित्राको नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना मंगलबार दिउँसो घटेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।