ललितपुर । तामाङ पत्रकार संघ जिल्ला शाखा ललितपुरले २९औँ तामाङ प्रसारण दिवस शनिबार मनाएको छ । विसं २०५१ साल भदौ १ गतेबाट पहिलो पटक रेडियो नेपालमा तामाङ भाषाको समाचार प्रसारण भएको दिनलाई नै आधार मानेर सङ्घले हरेक वर्षको यस दिनलाई तामाङ प्रसारण दिवसको रूपमा मनाउँदै आएको छ । रेडियो नेपालमा तामाङ भाषामा समचार प्रसारण गरेको दिनलाई तामाङ प्रसारण दिवसको रुपमा मनाउँदै आएको छ ।
कार्यक्रम उद्घाटन तामाङ पत्रकार संघ सचिवालय सदस्य साहिला तामाङ विषेश अतिथि रमिता बल रेडियोमा पहिलो तामाङ भाषामा समचार बाचिका, सन्चु ब्लोन नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य, सागर न्यौपाने नेपाल पत्रकार महासंघ जिल्ला शाखा ललितपुरको अध्यक्ष, रवीन्द्र ग्यवक तामाङ तामाङ पत्रकार संघ को संस्थापक अध्यक्ष, अतिथि केदारनाथ दाहाल नेपाल प्रेस युनियन ललितपुर शाखाको अध्यक्ष, रामकुमार लामा( अध्यक्ष ) बागमती वडा नम्बर ४ प्युटार ललितपुर तिलक बोम्जन कोन्ज्योसोम वडा नम्बर ३ दलचोकी, राकेश बल वडा सदस्य बागमती गाउँ पालिका वडा नम्बर ४ प्युटार ललितपुर, धनमाया लामा कोन्ज्योसोम गाउँ पालिका वडा नम्बर ४ नल्लु, विजय घलान समाजसेवी तथा नेपाली काङ्ग्रेस प्रदेश सदस्य, तामाङ पत्रकार संघका केन्द्रीय सदस्य जिबि लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए भने तामाङ पत्रकार संघ जिल्ला सभापति प्रकाश थिङको सभापति सम्पन्न भएको थियोे