बरहथवामा युवकमाथि गोली चलाउने प्रहरी वरिष्ठ हवल्दार जिल्ला तानिए

दर्पण दैनिक २२ पुष २०८०,१२:४०
post

जनकपुर । सर्लाहीको बरहथवामा गोली चलाएको आरोप लागेका प्रहरी जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका हुन् । आन्दोलनकारीले उसैले गोली चलाएको आरोप लगाएपछि उनलाई जिल्ला तानेर घटनाको छानबिन गरिरहेको सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालले जानकारी  दिए ।


गत शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवक जयशंकर साहको मृत्यु भएको थियो । मृतक युवक सर्लाही होटेलका संचालक तथा कुखुरा दानाका होलसेव विक्रेता थिए ।


आन्दोलनकारीले हतियार थुन्ने बेला वरिष्ठ हवल्दार यादवको बन्दुक पड्केर गोली चलेको हुन सक्ने प्रहरीको दाबी छ । मृतक परिवार र आन्दोलनरत पक्षले भने वरिष्ठ हवल्दार यादवले रिसीबी साध्न निर्दोष जयशंकरलाई जानेर गोली दागेर मारेको दाबी गरेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: