होटल संचालक आसासँग वरिष्ठ सई उज्वलको भनाभन भएपछि हत्या

दर्पण दैनिक ११ श्रावण २०८०,०९:४४

होटल संचालक आसा कुँवरसँग भनाभन भएपछि आसा र उनका छोरा विनोदले पौडेलको टाउकोमा मुक्का हानेर बेहोस बनाएका थिए । त्यसपछि पर्दाले घाँटीमा थिचेर हत्या गरेको प्रहरी नायव उपरीक्षक मदन केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

post

बागलुङ । वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेललाई होटल संचालकले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । बडिगाड गाउँपालिका–६ को आसा खाजा घर तथा रेस्टुरेन्टमा पौडेल सोमबार राति साढे १२ बजे मृत भेटिएका थिए । पौडेल खाजा खाना उक्त होटल गएका थिए ।

होटल संचालक आसा कुँवरसँग भनाभन भएपछि आसा र उनका छोरा विनोदले पौडेलको टाउकोमा मुक्का हानेर बेहोस बनाएका थिए । त्यसपछि पर्दाले घाँटीमा थिचेर हत्या गरेको प्रहरी नायव उपरीक्षक मदन केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पौडेलको सोमबार राति साढे ११ बजेतिर हत्या देखिएको छ ।

मंगलबार दिउँसो जिल्ला प्रहरी प्रमुख योगेन्द्रकुमार खड्कासहितको टोलीले घटनास्थल मुचुल्का गरी शव ल्याएको थियो । प्रहरीले धौलागिरि अस्पतालमा शवको पोस्टमार्टम नगरी कास्की पोखरा लगेको थियो ।

पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको केसीले जानकारी दिए ।

बुधबारै प्रहरीले होटल संचालक कुँवरका आमाछोरालाई जिल्ला अदालतमा पेस गरेको थियो । अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धानको काम थालिएको हो ।

मृतक पौडेल केही समयअघि भीआईपी पिएसओमा काठमाडौंमा कार्यरत थिए । एक वर्षअघि भिमगिठे गएका पौडेल सोमबार डिउटीबाट फर्केपछि रेस्टुरेन्टमा खाजा खान गएको खुलेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: