काठमाडौँ । मानवअधिकारवादी तथा महिला सशक्तीकरणकी अभियन्ता मोहना अन्सारीलाई २०८१ सालको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा अन्सारीलाई पचास हजार नगद राशी सहित कदरपत्रले सम्मान गरिएको हो । अन्सारीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले पुरस्कार प्रदान गरेका हुन् ।
पुरस्कृत अन्सारीले साहित्यिक श्रष्टाको माझमा पुरस्कृत हुन पाउँदा गर्व बोध भएको बताइन् । गोरखामा बि.सं १९६३ सालमा जन्मिभएका शिक्षासेवी, इतिहास विज्ञ तथा समाजसेवी दण्डपाणि अर्ज्याल तथा उनकी धर्मपत्नी नन्दकुमारी अर्ज्यालका नाममा स्थापित संस्थाले स्थापनाकालदेखि राष्ट्रिय महत्वका विषयमा योगदान पुर्याउने राष्ट्रिय प्रतिभालाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।
शनिबार आयोजित कार्यक्रममा स्मृति केन्द्रले संस्थाका अध्यक्ष ई.ईश्वरचन्द्र बानियाँद्वारा लिखित पुस्तक 'पहिलो घुम्ती'लोकार्पण गरेको थियो । जसमा साहित्यकार गीता रेग्मीले टीप्पणी गरेकी थिइन् । कार्यक्रममा साहित्यकार,ईतिहाँसविद्,प्राध्यापक लगायत विद्वत व्यक्त्विहरुको उपस्थिती रहेको थियो ।
२०६२ सालमा दण्डपाणि–नन्दकुमारी अर्ज्यालका पुत्रहरुको सकृयतामा स्थापित संस्थाले यसअघि इतिहासकार ज्ञानमणि नेपाल, साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, ईतिहाँसकारद्वय तुलसीराम वैद्य र दिनेशराज पन्त, साहित्यकार डा. मोदनाथ प्राश्रित, शिक्षासेवी प्रा. डा. सुरेशराज शर्मा, राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसी,सीमाविद् बुद्धिनारायण श्रेष्ठ लगायतका व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरिसकेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google