काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलगायतले कलंकी-चक्रपथ सडकखण्ड निरीक्षण गरेका छन् ।
यो सडकखण्ड केही समयदेखि विस्तारको काम सुरू गरे पनि केही ठाउँमा काम अघि बढ्न सकिरहेको छैन। घरटहरा र बिजुलीका पोललगायत नहटाउँदा सडक विस्तार हुन सकेको छैन।
यो सडकखण्ड विस्तार कार्य छिटो गर्न मन्त्री श्रेष्ठसहितले पहल गरेका हुन् ।
श्रेष्ठको पहलमा नेपालका काठमाडौंका मेयर शाह, चीनका राजदूत छन सोङ, भौतिक मन्त्रालयका सचिव केशवप्रसाद शर्मा, नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले सडकखण्ड निरीक्षण गरेको श्रेष्ठको सचिवालयले जनाएको छ ।