
काठमाडौं । नेपाल प्रहरीका १३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् । बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढुवा समितिको सिफारिस अनुसार डीआईजी बढुवाको निर्णय गरेका हुन् । मंगलबार बढुवा सिफारिसविरुद्ध २ एसएसपीले उजुरी गरे पनि भोलिपल्टै बढुवाको निर्णय भएको हो ।
एसएसपीको ५५ वर्षे उमेरहदका कारण उनी बुधबार राति १२ बजेबाट अवकासमा जाने थिए । तर गृहमन्त्री श्रेष्ठले त्यसअघि नै डीआईजीमा बढुवा गरेसँगै उनको कार्यकाल लम्बिएको छ । खनाल आईजीपी वशन्तबहादुर कुंवरकै ब्याची हुन् । बढुवा सिफारिसविरुद्ध मंगलबार एसएसपीहरु चक्रबहादुर सिंह र अनुराग द्विवेदीले लोक सेवा आयोगमा उजुरी दिएका थिए । तर उनीहरुको उजुरीले सिफारिस बदर भएन ।
डीआईजी बढुवा हुनेहरुमा कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ र जनक भट्टराई रहेका छन् ।
यस्तै लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल पनि डीआईजीमा बढुवा भएका हुन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google