‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ बाट सत्ता कब्जा गर्नुपर्छ भन्ने नेतालाई सम्झना गर्ने दिन आज

दर्पण दैनिक ३ जेष्ठ २०८०,०७:११
post

काठमाडौँ । आज मदन-आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन । 

२०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । 

अबको शताब्दीमा ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ बाट सत्ता कब्जा गर्नुपर्छ भन्ने नयाँ कम्युनिस्ट मान्यता स्थापित गराउने नेतालाई सम्झना गर्ने दिनको रूपमा पनि आजको दिनलाई लिइन्छ ।  

मुख्यतः नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय र माताहातका कमिटीसहित तीनका भातृ सङ्गठनहरूले विभिन्न कार्यक्रम गरी मदन–आश्रितको सम्झनामा विभिन्न कार्यक्रम गरी दिवगत नेताहरूको सम्झना गर्ने भएका छन् । 

‘जनताको बहुदलीय जनवाद’ (जबज) सिद्धान्तका प्रतिपादक नेताको रूपमा मदन भण्डारीलाई कम्युनिस्ट आन्दोलनको इतिहासमा सम्झिइन्छ ।

सो सिद्धान्त प्रतिवादन गरे पछि भण्डारीलाई पुजिँवादी मुलुकका अमेरिकन मिडियाहरूले जीवित ‘कार्ल मार्क्स’ भनेर संसारभर चिनाउने प्रयास गरेका थिए । उनको सिद्धान्त पछि विश्वभरिका कम्युनिस्टहरू ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ वाट श्रमजीवि बर्गको सत्ता स्थापनाका लागि लाग्नु पर्छ भनेर प्रेरित हुन पुगेको राजनीतिक विश्लेषकहरूले दाबी गर्छन् । 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७