होबिन्द्र बोगटीलाई सीआईबीमा
काठमाडाैं । नेपाल प्रहरीका ४७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको भदौ १५ गतेको निर्णयअनुसार भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सरुवासँगै एसपी इन्चार्ज रहने १४ जिल्लाका प्रमुख फेरिएका छन् । पश्चिम नवलपरासीमा काजीकुमार आचार्य, पूर्वी नवलपरासीमा नरहरी रेग्मी, सप्तरीमा गजुसिद्धि बज्राचार्य, कपिलवस्तुमा नवरत्न पौडेल र सुससरीमा विपिन रेग्मी सरुवा भएका छन् ।
यस्तै भक्तपुरमा वेद विष्ट, रौतहटमा महेन्द्रकुमार श्रेष्ठ, कास्कीमा मोहनकुमार थापा, उदयपुरमा रमेश थापा, दाङमा रामबहादुर केसी, इलाममा वासुदेव खतिवडाले जिम्मेवारी पाएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत सञ्जजयसिंह थापालाई नुवानकोट, मकवानपुरमा सीताराम रिजाल, बारामा सुरेश कुमार काफ्ले सरुवा भएका छन् । बारामा कार्यरत होबिन्द्र बोगटीलाई सीआईबीमा सरुवा गरिएको छ ।